गर्विलो ईतिहास निर्माण गर्दै गजल मुशायरा, एक दशकको यात्रा उत्सव मनाउने !

गर्विलो ईतिहास निर्माण गर्दै गजल मुशायरा, एक दशकको यात्रा उत्सव मनाउने !



सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा एक दशकअघिबाट सुरु भएको गजल मुशायराको नयाँ संस्करण आगामी २२ सेप्टेम्बरमा सिड्नीमा हुने भएको छ । साहित्यकार मोतिराम भट्टको जन्मजयन्तीको अवसर पारेर कार्यक्रम गर्न लागिएको हो । एनआरएन अष्ट्रेलियाको सहयोगमा हुन लागेको गजल मुशायरामा अष्ट्रेलियाभरीका गजलकारहरु सहभागी बन्ने तय भएको छ ।

सन् २०१४ मा सिड्नीबाटै सुरु भएको मुशायराले आफ्नो यात्रा पूरा गरेको अवसरमा आयोजित कार्यक्रमलाई विशेष बनाउने यसका संस्थापक जितेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार यस पटक गजलकारहरु अशोक दवाडी, अशोक शर्मा, प्रभा आचार्य, ओमकार अधिकारी, केशव शर्मा, कृष्ण समर्पण, गणेश गौतम, छत्रबहादुर धामी, राहुल अर्याल, लक्ष्मण सन्ज्याल, तुल्सा पाण्डे, दुर्गा ढकाल, निस्प्रभ सजी, महेश्वर शर्मा, मानस राज, रमेश अधिकारी, विनायक अधिकारी, विष्णुप्रसाद अधिकारी, सजल नयन, शिवजी भण्डारी र मल्ल आफैंले पनि आफ्ना गजल प्रस्तुत गर्नेछन् ।

कार्यक्रमलाई अझ आकर्षक बनाउन गायनतर्फ सञ्जीव पराजुली, सुवास लामिछाने र महेश प्रसाईंले साथ दिने तय भएको छ । गजलमा विपना पौडेलले नृत्इ प्रस्तुत गर्नेछिन् । कार्यक्रमलाई धुर्सन कन्स्ट्रक्सन तथा लिलीह्वाईट रियलस्टेटले मुख्य प्रायोजन गरेको हो । कार्यक्रम सिड्नीको हस्र्टभिलस्थित सिभिक थियटर दिउँसो २ बजेदेखि आयोजना गरिनेछ ।