अमेरीकामा हुँदैछ ग्लोबल नेपाली फिल्म अवार्ड, तयारी अन्तिम चरणमा

अमेरीकामा हुँदैछ ग्लोबल नेपाली फिल्म अवार्ड, तयारी अन्तिम चरणमा


काठमाडौं । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी निकै तामझामका साथ भइरहेको छ । ग्लोबल नेपाली फिल्म अवार्ड युएसएका अध्यक्ष नवराज श्रेष्ठले केबिसी खबर सॅंग संक्षिप्त कुरा गर्दै यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको र कार्यक्रममा पुराना तथा नयाँ पुस्ताका चत्रचित्रकर्मीहरुको उपस्थिति हुनेछ ।

उनले नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको भन्दै नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेको र त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनका नवराज केसी र खाम भट्टको व्यवस्थापन रहने बताए कार्यक्रमलाई भव्य ढंगले सम्पन्न गर्न आफूहरु तयारीमा जुटेको पनि अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा १०० देखि १५० जनासम्म कलाकारहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरु उपस्थित हुनेछन् । ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’को नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ ।

अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।अवार्ड कार्यक्रममा सहभागि हुन नेपाल बाट कलाकारहरुको जाने क्रम जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।