काठमाडौँ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गरिन् । सविता रानामगर, सावित्रा भण्डारी साम्बा, अमिषा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरेका छन् । पहिलो हाफमा चार…