एनआरएन अष्ट्रेलिया कप फुटबलको उपाधि फेवा फुटबल क्लबलाई !

एनआरएन अष्ट्रेलिया कप फुटबलको उपाधि फेवा फुटबल क्लबलाई !



सिड्नी, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया युथ फोरमको आयोजनामा भएको एनआरएन कप फुटबलको उपाधि फेवा फुटलब क्लबले जितेको छ । फाईनलमा सेन्टजर्ज नेप्लीज फुटबल क्लबलाई पराजित गर्दै फेवाले उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा टाईब्रेकरमा पाँचका विरुद्ध ६ गोलले फेवाले उपाधि जितेको हो ।

कूल २४ टिमको सहभागिता रहेको प्रतियोगितामा एक टिममा ६ खेलाडी रहेका थिए । उपाधिसँगै फेवा फुटबल क्लबले ४ हजार डलर प्राप्त गरेको छ भने दोश्रो बनेको सेन्टजर्ज नेप्लीज फुटबल क्लबले २ हजार डलर हात पारेको थियो । १ सय ४४ खेलाडी सम्मिलित प्रतियोगिताको समापनका अवसरमा विजयी खेलाडीहरुलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा मुख्य प्रायोजक फोर नेशन्स ईन्टरनेशनलका निर्देशक तथा एन्काका अध्यक्ष कोमल पाठक, युथ फोरमका संयोजक सुमन बोहरा, गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष राजीव प्रधान, एनआरएन अष्ट्रेलियाका पूर्वउपाध्यक्ष देव गुरुंग, अष्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसन एन्फाका पदाधिकारी लगायत उपस्थित थिए । प्रतियोगिताको संयोजन जीएनसीको तर्फबाट सन्दिप रावलले गरेका थिए । प्रतियोगिताको आयोजना एनआरएन युथ फोरमले एन्फा अष्ट्रेलिया र गोखाृ नेप्लीज कम्युनिटीको सहकार्यमा गरेको थियो ।