मेलबर्न, अष्ट्रेलिया ।
छैठौं ओसियाना स्पोर्टस मिटमा सहभागी हुने भिक्टोरियाका खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ । यस पटक भिक्टोरिया टिमबाट क्रिकेट, लन टेनिस, भलिबल, गल्फ र टेबल टेनिस, पाँच किलोमिटर दौडमा गरी ३५ जना सहभागी हुनेछन् । पर्थ जाने भिक्टोरियाका खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरी नेपाली स्पोर्टस एशोसिएसन अफ भिक्टोरियाको आयोजनामा जर्सी वितरण गरिएको छ ।
आईतबार स्थानीय कोबर्ग लेकपार्कमा आयोजना गरिएको बार्बिक्यूसहितको कार्यक्रममा फेन्काका अध्यक्ष बम योन्जन, प्रवक्ता भोला गिरी लगायत सहभागी थिए ।
उक्त अवसरमा केविसीखबरसँग बोल्दै ओसेनिया स्पोर्टस मिटका संस्थापक संरक्षक जोग लिम्बुले यसअघि ८० जनासम्म खेलाडीहरु सहभागी हुने गरेको भएपनि विवध कारणले ३५ जना मात्रै सहभागी हुन लागेको जानकारी दिए ।
उनले खेलाडीहरु पूर्णत तयारी अवस्थामा रहेको र भिक्टोरियालाई प्रतिनिधित्व गर्दै खेल्न जाने टोली उत्साही रहेको जानकारी दिए । लिम्बुले सबै खेलाडीहरुको लक्ष्य गोल्ड मेडल नै भएपनि यस पटक भलिबलको भिक्टोरिया टोली सशक्त रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया