तास्मानिया ।
छैटौँ ओसेनिया नेप्लिज स्पोर्ट्स मिट २०२५ मा सहभागी हुने टिम तास्मानिया सार्वजनिक गरिएको छ। अष्ट्रेलियामा रहेका नेपालीहरूका लागि सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव मानिने ओसेनिया नेप्लिज स्पोर्ट्स मिटमा तास्मानियाबाट क्रिकेट, ब्याडमिन्टन र ५ किमी दौडमा प्रतिस्पर्धा गर्ने २१ जना खेलाडीको सुची सार्वजनिक गरिएको हो।

छैटौँ ओसेनिया नेप्लिज स्पोर्ट्स मिट २०२५ मा अष्ट्रेलियाका विभिन्न राज्यहरूबाट नेपाली खेलाडीहरूले क्रिकेट, फुटबल, ब्याडमिन्टन, भलिबल, दौड लगायत विविध खेलहरूमा प्रतिस्पर्धा गर्ने छन्। टोली बुधवार पर्थ प्रस्थान गर्ने छ।

प्रतियोगितामा सहभागी हुने क्रिकेट टिम तास्मानिया नेप्लिज क्रिकेट एसोसियसनको नेतृतवमा गठन गरिएको छ। क्रिकेट टोलीको कप्तानमा खेमराज पौडेल र उपकप्तानमा सन्दीप अधिकारी रहेका छन्। टोलीको अन्य खेलाडीमा विक्रम सोब, रिकेश शाक्य, वसी एम खान, रूपेश पराजुली, रमेश क्षेत्री, मोहम्मद तौसीफ राजा खान, सुनित सुवाल, नवराज कार्की, विनय श्रेष्ठ, ललित लम्साल, सुरज थापा, सुबास विश्वकर्मा रहेका छन् भने सुलोभ काजी श्रेष्ठ रिजर्भ खेलाडीको रूपमा समावेश छन्।

टोली व्यवस्थापनमा टिएनसिएका सुजन ढुङ्गेल छन् भने कोचको भूमिका नेपालका पूर्व राष्ट्रिय खेलाडी अमृत भट्टराईले सम्हाल्नेछन्। टिमका लागि प्रकाश उप्रेती मार्गदर्शक रहनेछन्।
यस्तै ब्याटमिन्टन टोलीमा रेवन्त बस्नेत, हरि गोतामे, स्वस्तिका बुढाथोकी रहेका छन् भने ५ किलोमिटर दौडमा आयुष सिटौलाले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा सहभागी खेलाडीहरूको प्रोत्साहन र व्यवस्थापनका लागि टिएनसिएले हालै भव्य गाला डिनर को आयोजना गरेको थियो। उक्त कार्यक्रममा विभिन्न सामग्रीहरू लिलामी गरी आर्थिक सहयोग संकलन गरिएको थियो। अक्सनबाट खर्च कटाएर पाँच हजार डलर बचत भएको थियो। सोही अवसरमा टिमको अफिसियल जर्सी पनि सार्वजनिक गरिएको थियो।

टिएनसिएका उपाध्यक्ष विकास सेढाईले टिमलाई साथ दिने सम्पूर्ण सहयोगीहरू, प्रायोजक, स्वयंसेवक र नेपाली समुदायप्रति आभार व्यक्त गर्दै यसपटक तास्मानियाले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु विश्वस्त रहेको बताए।
यसैबीच आइतबार एनटिएसएले बिदाइ तथा सम्मान कार्यक्रमको आयोजना गर्दै सहभागी सम्पूर्ण खेलाडीहरूलाई शुभकामना प्रदान गरेको छ। कार्यक्रममा जनसम्पर्क अधिकारी ह्यारी घोतानेले दौड र ब्याडमिन्टन खेलका व्यवस्थापनमा पनि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया