कन्दराले फेरि अष्ट्रेलिया टूर २०२६ गर्ने !

कन्दराले फेरि अष्ट्रेलिया टूर २०२६ गर्ने !



मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका विभिन्न पाँच शहरको नेपाल फेष्टिभल र न्यूसाउथवेल्सको न्यूक्यासलमा आफ्नो कन्सर्ट सम्पन्न गरेको लोकप्रिय व्याण्ड कन्दराले अष्ट्रेलियामा अर्को वर्ष पनि कन्सर्ट गर्ने भएको छ । लिगेसी ईन रिदम, कन्दरा अष्ट्रेलिया टूर २०२६ नाम दिइएको टूरको आयोजना राईडर्स नेपअस र जात्रा ईभेन्टसले संयुक्त रुपमा गर्नेछन् । कन्सर्ट भेन्यूहरुमा हुने कार्यक्रम मार्च देखि अप्रिल महिनामा गरिनेछ ।

नेपाल फेष्टिभल अन्तर्गतको कन्सर्टहरुमा वास्तविक सर्जकहरुको सम्मान गर्नुपर्ने धारणा राखेका गायक विवेक श्रेष्ठले विदेशी भूमिमा नेपाली भाषा विद्यालयहरुको आवश्यकतामा पनि जोड दिएका थिए ।

५ हजार नेपाली बसोबास गर्ने न्यूक्यासल क्षेत्रमा पहिलो पटक कुनै व्याण्डको कन्सर्टबाट यस वर्षको यात्रा समापन गरेको कन्दराले वल्र्डटूर निरन्तर अघि बढाउने भएको छ । यस पछि जापान लगायतका देशमा कन्सर्ट गर्ने योजना छ ।
यस पटकको अष्ट्रेलियाको टूर अन्तर्गत नेपाल फेष्टिभलमा पहिलो शहरको रुपमा एडिलेडमा कन्सर्ट भएको थियो, त्यसपछि होबार्ट, क्यानबेरा, ब्रिसबेन, मेलबर्नमा कन्सर्टहरु सम्पन्न भए ।

यी कन्सर्टमा ५० हजारभन्दा बढी दर्शकले कन्सर्ट हेरेका थिए । सबै उमेर समूहका लागि आकर्षण रहेका भाकाहरु प्रस्तुत गरेको कन्दराले निरन्तर जोड यहाँको दोश्रो पुस्तालाई नेपाली भाषा प्रबद्र्धनमा दिएको थियो ।