महत्वपूर्ण खेल वर्षाले रद्द, नेपाल यु.१९ विश्वकप छनोट क्रिकेटबाट आउट

महत्वपूर्ण खेल वर्षाले रद्द, नेपाल यु.१९ विश्वकप छनोट क्रिकेटबाट आउट



काठमाडौँ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ ।

मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा शनिबारका लागि तय भएको अन्तिम खेल टस नै नभइ रद्द भएको हो । अफगानिस्तानले नेपाललाई नेट रनरेटका आधारमा पछि पार्दै सन् २०२६ मा जिम्बावे र नामिबियामा आयोजना हुने विश्वकपमा छनोट भयो ।

बिहान ९स्३० वजेदेखि सुरु हुनुपर्ने खेल मैदान भिजेका कारण टस समेत हुन सकेन । जसले गर्दा जित्ने पर्ने खेल रद्द हुँदा नेपालको विश्वकपमा छनोट हुने सपना अधुरै रह्यो ।

खेल रद्द भएसँगै नेपाल र अफगानिस्तानले एक एक अङ्क बाँडे । नेपाल र अफगानिस्ताले सात सात अङ्क बनाएपनि अफगानिस्तान नेट रन रेटमा अगाडि रह्यो । नेट रनरेटमा अफगानिस्तानको ४।८१ र नेपालको ३।५७ थियो ।

पाँच टोली सहभागि छनोट खेलमा यसअघि नेपालले संयुक्त अरव इमिरेट्स ९युएई०, हङकङ र ओमानलाई हराएको थियो ।