मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ। पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई टोकेपछि उनी गम्भीर घाइते भएको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनलाई पानीबाट बेहोस अवस्थामा निकालिएको तर घटनास्थलमै मृत घोषणा गरिएको फ्रेमेन्टल जिल्लाका प्रहरी निरीक्षक…