मेलबर्न, अष्ट्रेलिया ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाहीले) एयरपोर्टको दश्य देख्दा हाम्रो देश बच्चा जन्माउने आम जस्तै लागेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आयोजना गरेको च्यारिटी डिनरमा सहभागी हुन सिड्नी आएका राप्रपाका सांसद शाहीले समयमै रोजगारीको सिर्जना गर्न सकेन भने देश अर्कालाई बच्चा जन्माइदिने आमा जस्तै हुने बताएका हुन्।
९ दिनको अष्ट्रेलिया बसाईका लागि यहाँ आएका सांसद शाहीले आफ्नै कार्यकालमा नेपालमा रोजगारी सिर्जना गरेर युवाहरूलाई विदेश जानबाट रोक्ने सोच रहेको बताए । उनले युवा पलायन रोक्न नसके देशले गम्भीर परिणाम पुग्नु पर्ने बताए।
उनले एयरपोर्ट बिदेसिने युवाहरूको भिड देख्दा निकै दुःख लागेको बताए। उनले देशमा रोजगारी सिर्जना गर्न नसक्दा यस्तो अवस्था आएको धारणा राखे।
उनले भने, ‘दुख लाग्दो अवस्था छ। एयरपोर्ट आयो युवाहरू सबै विदेश तिर लागेको देखिन्छ। आज त यस्तो घटना देखे। भर्खरै १२ कक्षा पास गरेको बहिनी अष्ट्रेलिया आइन। हामीले आफ्नो देशमा रोजगारी सिर्जना गर्न नसकेका कारणले गर्दा यो अवस्था आएको छ। अष्ट्रेलिया आउँदा जति खुसी छु त्यो भन्दा बढी दुखी छु। यो अवस्थालाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो मुख्य सोच हो। कसरी नेपालमा रोजगारी सिर्जना गर्न सकिन्छ ? रोजगारीको सिर्जना हाम्रै कार्यकालमा गर्न सकेनौँ भने हामी त एउटा बच्चा जन्माउने आमा जस्तो मात्र रहन्छौँ।’
एनआरएनए अष्ट्रेलियाले सबैका लागि शिक्षा भन्ने नारासहित भोलि (शनिबार) ईन्द्रेणी फंक्सन सेन्टरमा च्यारिटी डिनर गर्दैछ। उक्त कार्यक्रममा नायिका करिश्मा मानन्धरगायिका त्रिशाला गुरुङ, एनआरएन आईसीसी अध्यक्ष रविना थापा, नेपाल आईडलका प्रतिस्पर्धीहरू आदेश पौडेल र सन्ध्या जोशी कार्यक्रममा सहभागी हुँदै छन्।
तस्बिरः अन्जना बस्नेत कार्कीको फेसबुकबाट
यो पनि…
प्रतिक्रिया