मेलबर्न अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा सदस्यता आवेदनको समय थप्नेबारे विवाद उत्पन्न भएको छ। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले विज्ञप्ति एक जारी गर्दे सदस्यता आवेदनको समय चार दिन थपिएको जानकारी गराए।
अध्यक्ष गुरुङको हस्ताक्षरसहित जारी भएको विज्ञप्ति अनुसार जुलाई २९ तारिखका लागि तय गरिएको निर्वाचनका लागि सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने समय जुन २९ (बिहीबार) राति १२ बजेसम्म रहेको छ।
अध्यक्ष गुरुङले सदस्यता आवेदनको समय थपेको विज्ञप्ति सार्वजनिक गरेपछि प्रवक्ता उमेश खड्काले आपत्ति जनाएका छन्। उनले सदस्यता आवेदनको समय थप्नेबारे कनै निर्णय नभएको केबीसी खबरलाई जानकारी दिए। उनले अध्यक्ष गुरुङको यस किसिमको कार्यप्रति आपत्ति जनाएका छन्। उनले सदस्यता बनाउने कुरा कसैलाई हराउने जिताउने भन्दा पनि यस संस्थालाई सुदृढ गर्ने पवित्र उद्देश्य हुनु पर्नेमा जोड दिएका छन्। उनले एनआरएन अष्ट्रेलिया यसै अनुसार दर्ता भएको भन्दै बहुमत बोर्ड अफ डाइरेक्टरको निर्णय सर्वमान्य हुने अवगत गराए।
बहुमत बोर्ड अफ डाइरेक्टर ले सोमबार (जुन २६) मध्य राति १२ बजेसम्म मात्र सदस्यता लिने सकिने निर्णय गरेको जानकारी गराएका छन्। प्रवक्ताबाट आउनु पर्ने विज्ञप्ति अध्यक्षबाट आएकोमा आफु आचार्य चकित भएको भन्दै यो आधिकारिक नभएको उनले केबीसी खबरलाई बताए।
यस्तो छ एनआरएनए अष्ट्रेलियाकाे बोर्ड अफ डाईरेक्टरहरुद्वारा जारी गरिएको विज्ञप्ति
अध्यक्ष गुरुङलाई सम्पर्क गर्दा उनले सदस्यता आवेदनको समय थप्नेबारे विवाद गर्न नहुने जवाफ दिए। उनले एनआरएनएको सदस्यता बढ्नु संस्थाकै हित हुने भन्दै चार दिन समय थपेको दाबी गरे।
एनआरएनए अष्ट्रेलियाको आन्तरिक विवाद बाहिर आएसँगै अध्यक्ष गुरुङ एक्लिएका छन्। गुरुङको निर्णयविरुद्ध बोर्ड अफ डाईरेक्टरको एक मत रहेको देखिन्छ।
आगामी जुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै एनआरएनए अष्ट्रेलियाले नयाँ सदस्यताका लागि आवदेन र नविकरणका गर्नका लागि जुन २६ गते राति १२ बजेसम्मको समयसिमा तोकेको थियो।
याे पनि…
प्रतिक्रिया