ब्रिस्वेन, अष्ट्रेलिया ।
रंग पत्रकार प्रकाश सुवेदीलाई ब्रिस्वेनवासी नेपालीले न्यानो स्वागत गरेका छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘रजतपट’ बाट चर्चामा आएका सुवेदी यति बेला अष्ट्रेलियाको भ्रमणमा छन्।
श्रीमतीसहित अष्ट्रेलिया भ्रमणमा रहेका सुवेदीलाई आइतबार ब्रिस्वेनवासीले मिट एण्ड ग्रिटको आयोजना गरेका थिए। ८८४८ मोमो हाउसमा भएको उक्त कार्यक्रममा चलचित्र पत्रकार सुवेदीसँग ब्रिस्वेनवासी नेपालीले अन्तरक्रिया गरेका थिए। उक्त कार्यक्रममा अष्ट्रेलियाको विकास मोडेलको बारेमा पनि चर्चा गरिएको थियो।
पत्रकार डा भरतराज पौडेलले संचालन गरेको कार्यक्रममा कलाकार तथा अभिनेता धिरेन्द्रराज थापाले स्वागत मन्तव्य राखेका थिए। ल्याण्ड एण्ड लिच रियल्टी क्वीन्सल्याण्डको सहयोग गरेको कार्यक्रममा हिजो–आजका कुरा (सिरियलका) का नितेशराज पन्त, पत्रकार किरण खनाल, शिवुकला कंडेल, ल्याण्ड एण्ड लिज रियल्टी क्वीन्सल्याण्डका म्यानेजर बिपिन बिमली, मोडल राजु कान, अभिनेता राज थापा (सुपर गोर्खे), ८८४८ मोमो हाउसका संचालक होम प्यासी, डिजे सुरज बस्नेत, ओसम रेष्टुरेन्टका संचालक अनुरोध भट्टराई र स्पाइसी रेष्टुरेन्टका संचालक गणेश श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रममा डा. भरतराज पौडेलले सोधका प्रश्नको सुवेदीले लामो व्यख्या गरिरहँदा उनलाई डा पोडेलले बिचमै राकेर थप प्रश्न गरेका गर्नु परेको थियो।
कार्यक्रममा बोल्दै सुवेदीले आफ्नो स्वागतको लागि ‘मिट एण्ड ग्रिट’ को आयोजना गर्ने ८८४८ मोमो हाउसलाई धन्यबाद दिएका छन्। उनले ब्रिस्वेनवासी नेपालीले गरेको न्यानो स्वागतको आफु सधै ऋणी भएको बताएका थिए।
उक्त कार्यक्रममा ७० बढी नेपालीको उपस्थिति रहेको थियो।
तस्बिरः किरण खनाल
प्रतिक्रिया