ब्रिस्वेन अष्ट्रेलिया । अष्ट्रेलियाको नेपाली सामुदायिक महासंघ (फेन्का) ब्रिस्वेनले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको छ। ब्रिस्वेनको नेपाली समुदायले आज बिहान माउन्ट कोथाको हाइकिङ गरेर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको हो। हाइकिङ सकेपछि अनौपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै फेन्काका क्वीन्सल्याण्ड संयोजक राजन कोइरालाले अन्तर्राष्ट्रिय सगरमाथा दिवस अष्ट्रेलियामा मनाउँनुले नेपालको पर्यटन क्षेत्रको प्रर्वद्धन हुने बताए। उनले यो एक…