होबार्टका महामारी प्रभावित नेपाली व्यवसायीहरुका लागि तालिम

होबार्ट, तास्मानिया । कोरोना महामारीका कारण प्रभावित बनेका नेपाली व्यवसायीहरुका लागि होबार्टबाट 'रोड टु रिकभरि' तालिम सञ्चालन गरिएको छ । शनिबार भर्चुअल माध्यमबाट सञ्चालित तालिमममा एकाउन्टेन्ट प्रकाश भण्डारीले व्यवसायिक स्वरुप परिवर्तन गर्दै अनलाईनमा समेत आफ्नो उपस्थिति बढाउन सुझाएका थिए । साना व्यवसायीहरुलाई आम्दानीको मार, कर्मचारीको तनाव र सँगसँगै रोग लाग्ने डर आदिले गर्दा मानसिक समस्या…