पहिलो पटक तास्मानियाको होबार्टमा ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२३’ हुँदै

पहिलो पटक तास्मानियाको होबार्टमा ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२३’ हुँदै


होबार्ट, अष्ट्रेलिया ।

तास्मानिया राज्यको होबार्टमा पहिलो पटक हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२३ आयोजना हुने भएको छ। एएसएपी इन्टरटेनमेन्टले आयोजना गरेको उक्त फेसन सो जुन २५ तारिख थ्रेटर रोयलमा हुन लागेको हो। स्मारण रहोस हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२३   थ्रेटर रोयलमा हुन लागेको नेपाली समुदायको पहिलो कार्यक्रममा पनि हो । 

‘हाम्रो संस्कृति हाम्रो पहिचान’ भन्ने मूलमन्त्रका साथ हुने उक्त कार्यक्रममा विभिन्न कलाकार, अभिनेता–अभिनेत्रीदेखि फेसन डिजाइनरको उपस्थिति रहने एएसएपी इन्टरटेनमेन्टका निर्देशक सन्तोष अधिकारीले जानकारी दिए। 

हेरिटेज अफ फेसन अस्ट्रेलिया नेपाली कला र संस्कृतिको वास्तविक उत्सव भएको भन्दै नेपाल र अष्ट्रेलियाका शीर्ष फेसन डिजाइनरहरू, मोडेलहरू र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो प्रदर्शन गर्ने उनले बताए। 

परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्ध, जीवन्त सम्पदा झल्काउने उनको भनाइ छ। साँझ ६ बजेबाट सुरु हुने उक्त कार्यक्रममा सहभागिता जनाए नेपाली नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न होबार्टवासी नेपालीलाई निर्देशक अधिकारीले आग्रह गरेका छन्। 

कार्यक्रममा तास्मानिया राज्य सभा सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोमे, एल्डरम्यान लुइस ब्लूमफिल्ड र उनका पति पल ड्यानियल्स र होबार्ट काउन्सिल अफिसबाट सिआर जोन केली सहभागी हुने उनले जानकारी दिए। 

चार घण्टा चल्ने कार्यक्रममा सहभागीहरूका लागि टिकेटको व्यवस्था गरिएको छ । समयमै टिक खरिद गरि आफ्नो सिट सुरक्षित गर्न आयोजकले आग्रह गरेको छ। यो लिंकमा क्लिक गरेर टिकट खरिद गर्न सकिने छ। 

नेपाल र सिड्नीमा सफलता पूर्वक सम्पन्न गरेको हेरिटेज अफ फेसन अस्ट्रेलिया पहिलो पटक तस्मानियामा हुन लागेको हो।