प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अधिवेशन अगष्ट १६ मा

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अधिवेशन अगष्ट १६ मा



सिड्नी, अष्ट्रेलिया ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ अधिवेशन अगष्ट १६ आइतवार सिड्नीमा हुने भएको छ ।
ग्रान्ड फंक्शन सेन्टर, पारामाटा रोड, अबर्नमा हुने अधिवेशनको बिहान उद्घाटन तथा बन्द सत्र संचालन हुने र बेलुकी ५ बजे समापन तथा घोषणा सभा हुने मञ्चका प्रचार विभाग प्रमुख अशिम कोइरालाले जानकारी दिए । कोइरालाले अधिवेशनले पाचौ अधिवेशन देखि हाल सम्मको मञ्चको गतिबिधीको समिक्षा गर्दै आगामी दिनका लागि आवश्यक योजना निर्माण गर्नुका साथै तिन वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने बताउनु भयो ।


उनले अधिवेशन सफताका लागि विभिन्न समितिहरु गठन गरिएको र तिनले कार्यहरु अगाडि बढाएको जानकारी दिएका छन् ।
अधिवेशनमा अष्ट्रेलियाका आठ वटै राज्य र टेरेटोरीबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिति हुने अपेक्षा रहेको पनि उनको भनाई छ । समापन कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटी, ओशियाना कमिटी अलावा अष्ट्रेलियाका विभिन्न संघ संस्थाका अगुवाहरुको समेत उपस्थिति रहने छ ।