मेलबर्न, अष्ट्रेलिया ।
ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनले मेल्बर्नको ग्लेनरोयमा नयाँ शाखा खोलेको छ। गत शुक्रबार एक कार्यक्रमकाबीच ग्रेसले नयाँ शाखाको उद्घाटन गरेको हो। योसँगै अष्ट्रेलियामा ग्रेसको शाखा संख्या आठ पुगेको छ भने मेलबर्नको दोस्रो हो। उक्त शाखाको म्यानेजरमा नितिक श्रेष्ठलाई नियुक्त गरिएको छ।
उद्घाटन समारोहमा ग्रेस इन्टरनेशनल मेलबर्नका निर्देशक दीपक आचार्यले स्वागत मन्तव्य राखेका थिए। उनले ग्रेसले विद्यार्थीलाई अझ सजिलो र शुलभ तरिकाले सेवा दिने प्रतिबद्धता व्यक्त गरे।
ग्रेस इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा संस्थापक रामचन्द्र पौडेलले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। उनले ग्रेस इन्टरनेशनलको १७ वर्षको यात्रामा शिक्षा प्रदायक, विद्यार्थी र समुदायको सहयोग अतुलनीय रहेको बताए।
उनले ग्रेस इन्टरनेशनल शिक्षा र आप्रवासन सेवाको क्षेत्रमा भरपर्दो नाम हुन सफल भएको दाबी गरे। उनले ग्रेसमा कार्यरत कर्मचारीलाई उनीहरूको अथक परिश्रम र समर्पणका लागि धन्यवाद दिए।
कार्यक्रमको संचालन ग्रेस इन्टरनेशनल मेलबर्नका माइग्रेसन एण्ड भिसा सर्भिसेसका प्रमुख प्रकाश रेग्मीले गरेका थिए। ग्रेस इन्टरनेशनलका शाखा नेपाल लगायत विश्वका ७ देशमा फैलिएका छन्। विभिन्न देशहरूमा गरी ग्रेसका २७ शाखा संचालनमा छन्।
उद्घाटन समारोहमा ५० भन्दा बढी शिक्षा प्रदायक, समुदायका अगुवा, विद्यार्थी र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो। विभिन्न विश्वविद्यालयका प्रतिनिधि, उच्च शिक्षा प्रदायक, (भिइटी, टीएएफए) र सामुदायिक अगुवाहरूले शुभकामना दिएका थिए। उनीहरूले ग्रेस इन्टरनेश्नलले प्रदान गर्दै आएका सेवाहरूका साथै विद्यार्थी र समुदायलाई पनि सहयोग गर्दै आएको भन्दै प्रशंसासमेत गरेका थिए।
प्रतिक्रिया