देव गुरुङले दिए एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा उम्मेदवारी, यस्तो छ गुरुङको टिम परिवर्तन

देव गुरुङले दिए एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा उम्मेदवारी, यस्तो छ गुरुङको टिम परिवर्तन


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा देव गुरुङले उम्मेदवारी घोषणा गरेका छन्। आइतबार सिड्नीमा एक कार्यक्रमकाबीच उनले आगामी सन् २०२३–२०२५ को कार्यकालका लागि अध्यक्ष पदमा उमेदवारी घोषणा दिने गरेका हुन्। 

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय गुरुङ यसअघि एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनले एनआरएनए अष्ट्रेलियामा धेरै सुधार गर्नु पर्ने कुराहरू रहेको भन्दै आफ्नो उम्मेदवारी संस्थाको आमूल परिवर्तनका लागि रहेको बताए। 

संस्थाकै परिवर्तनका लागि निरन्तर ६ वर्ष यस संस्थामा काम गरेको भन्दै अब यसको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उने बताए। एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा पुग्नु मेरो कुनै स्वार्थ छैन। संस्थामा केही सुधार्नु पर्ने पक्ष छ। यी नराम्रा पक्षलाई सुधार्ने र संस्थाको रूपान्तरण गर्ने मलाई मौका दिनुहोस्, उनले भने। उम्मेदवारी घोषणा सभामा बोल्दै गुरुङले सम्पूर्ण टिमलाई भोट दिएर जिताउन सबै अष्ट्रेलियावासी एनआरएनका सदस्यलाई आग्रह गरे। 

उनले अध्यक्षमा निर्वाचित भएपछि गर्ने कामको बारेमा प्रोजेक्टर मार्फत साझा गर्दे सविस्तार व्याख्या गरेका थिए। 

देव गुरुङको प्यानलबाट आइसीसीको सदस्यमा रेणुका लामा, कृष्णमान श्रेष्ठ, दिपक जोशी र चन्द्र ढकालले उम्मेदवारी दिएका छन्। महासचिवमा उषा किरण बरिया पोखरेल उम्मेदवारी दिएका छन्। 

न्यु साउथ वेल्सको संयोजकमा अशोक उप्रेती, वेस्र्टन अष्ट्रेलियाको संयोजकमा शेखर घिमिरे, साउथ अष्ट्रेलियाको संयोजकमा चन्द्र कुँवर, नर्दन टेरोटोरीमा भवानी पौडेल, तास्मानियामा मुगेन गौतम गूरुङको प्यानलबाट चुनाव लड्ने छन्। बाँकी राज्यमा भने उम्मेदवार घोषणा गरिएको छैन। 

सोही अवसरमा न्यु साउथ वेल्स संयोजकको उम्मेदवारी बनेका अशोक उप्रेतीले आफ्नो टिमको पनि घोषणा गरेका छन्। उनको टिममा न्यु साउथ वेल्स उपसंयोजकमा दिपा जोशी, सचिवमा कल्याणी बर्तौला, सहसचिवमा आयुश अधिकारी, कोषाध्यक्षमा प्रशिद राई रहेका छन्। सदस्यमा लुना शिवाकोटी, शनशिला श्रेष्ठ, अरुण श्रेष्ठ, कृषा खड्का, बेबिस न्यौपाने, विबेक ओझा, अवनी पौडेल, सौरभ तिमिल्सिना, सीता साम्बा र सुनिल खन्डाल रहेका छन्। 

यस्तै एनएसडब्लु युवा संयोजकमा विनोद खड्का, उपसंयोजकमा शशांक बस्याल र सदस्यमा सैराश आचार्य रहेका छन्। भने एनसीसी सदस्यमा तीर्थराज गौरागैल, सरु खतिवडा, दिव्य प्रकाश प्रधान, अशोक थपलिया र नारायण चौलागाईं रहेका छन्। 

संयोजक उप्रेतीले आफ्नो टिम सर्वसम्मत हुने दाबी गरे। 

आगामी जुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ। एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सहभागी हुन १९ हजार १ सय २ जनाले आवेदन दिएका छन्। उक्त आवेदनको अन्तिम प्रमाणीकरण हुन भने बाँकी छ।