मेलबर्न, अष्ट्रेलिया ।
एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकिँदै छ। निर्वाचन नजिकिएसँगै उम्मेदवारको दाबेदारहरू पनि बढ्दै गएका छन्। युवा अभियन्ता इन्जिनियर विनोद कुँवरले एनएसडब्लु राज्य अर्थात सिड्नीको संयोजक पदका लागि आफ्नो टिमको घोषणा गरेका छन्।
त्यस्तै उपसंयोजकमा पर्यटकीय नगरी न्युक्यासलबाट अमर रसाइलीले उम्मेदवारी दिने भएका छन्। सचिवमा युवा अभियन्ता कल्याण खड्का, सह सचिवमा सुवास मैनाली, कोषाध्यक्षमा राज पाख्रीन कुँवरको टिममा अटाएका छन्। त्यस्तै महिला संयोजकमा सुजना श्रेष्ठले उम्मेदवारी दिएकी छन्।
त्यस्तै एनसिसी सदस्यका लागि तेज कवें, बद्री बरुवाल , सन्तोष श्रेष्ठ, विमल कँडेल, रोशन भट्टराई, प्रकाश पाण्डे टिममा अटाएका छन्। त्यसैगरी एससिसी उम्मेदवारका रूपमा वीरेन्द्र क्षेत्री, प्रमोद न्यौपाने, विशाल वन, केपी सेढाइँ, ब्रसीस सुवाल, बाबुराज कडारिया, पुजा प्रधानलगायत छन्।
एनएसडब्लु युवा संयोजकमा सक्क्षम सुवेदी, उपसंयोजकमा राहुल अर्याल र सदस्यमा विज्ञान ढकाल रहेका छन्।
त्यस्तै एनआरएन अस्ट्रेलियाको अध्यक्षका लागि अनिल पोखरलले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएन अस्ट्रेलियाको महासचिवमा सन्तोष कुँवर, कोषाध्यक्षमा अर्जुन गौतम , सह कोषाध्यक्षमा रोजी पन्त तथा युवा संयोजकमा सुमन बोहोराको नाम सार्वजनिक गरिएको छ।
त्यस्तै आइसिसीमा डिल्ली ढकाल र रमेश अधिकारीले आइसिसी सदस्यको पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। कुँवर यसअघि एनआरएन एनएसडब्लुका सचिव थिए।
प्रतिक्रिया