एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेलको उम्मेदवारी घोषणा, यस्ता छन् पोख्रेलका प्रतिबद्धता

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेलको उम्मेदवारी घोषणा, यस्ता छन् पोख्रेलका प्रतिबद्धता


मेलबर्न अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार सिड्नीमा एक भव्य कार्यक्रमकाबीच पोख्रेलले एनआरएनए अष्ट्रेलियाको आगामी सन् ९२०२३–२०२५० को कार्यकालका लागि अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन्। यसअघि सामाजिक सञ्जालमार्फत सबैभन्दा पहिले अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका उनले औपचारिक कार्यक्रम नै गर्दै टिम पनि अघि सारेका छन् । 

एनआरएन अष्ट्रेलियाको अभियानमा युवा नेतृत्वको उदाहरणीय नमूना प्रस्तुत गरेका उनले दुई कार्यकाल कोषाअध्यक्ष भएर काम गरिसकेका छन्। उम्मेदवारी घोषणा सभामा बोल्दै उनले एनआरएनए अष्ट्रेलियाको राज्यस्तदेखि केन्द्रीय कमिटीका विभिन्न पदमा रहेका कार्य गरेको अनुभव सँगाल्दै अबको नेतृत्वमा आफ्नो दाबी रहेको बताए। उनले अब एनआरएनए अष्ट्रेलियाको नेतृत्व युवाहरूले गर्नु पर्ने बताए।

एनआरएनएको शुद्धिकरणका लागि सानो प्रयास रहेको भन्दै आफ्नो टिममा रहेका उम्मेदवारलाई अमूल्य भोट दिएर विजयी गराउन एनआरएनए अष्ट्रेलियाका मतदातालाई उनले आग्रह गरे। उनले एनआरएनए अष्ट्रेलियालाई भरोसाको साझा संस्था बनाउने प्रयासमा निरन्तर रुपमा आफूलाई उभ्याउने बताए। 

व्यवसायिक रुपमा चार्टड एकाउन्टेन्ट पोखरेल सामाजिक गतिविधिमा पनि सक्रिय छन् । पुराना तथा नव आगन्तुकका माझ उनी प्रिय र सहयोगीको रुपमा चिनिएका छन्।

कार्यक्रममा उनले अध्यक्ष पदमा निर्वाचित भएपछि गर्ने योजनालाई स्लाईड मार्फत देखाउँदै व्याख्या गरेका थिए। उम्मेदवारी घोषणा कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका अगुवा, पत्रकारलगायतको उपस्थिति थियो। 

कार्यक्रममा टिम पोख्रेलमा रहेका राज्यस्तरदेखि केन्द्रीयसम्मका पदाधिकारीको नाम वाचन गरिएको थियो। यस्तै पोख्रेलको प्यानलबाट न्यू साउथ वेल्स संयोजकमा बिनोद बहादुर कुँवरले उम्मेदवारी दिएका छन्। युवा अभियन्ता इन्जिनियर कुँवर यसअघि एनआरएन एनएसडब्लुका सचिव थिए। उपसंयोजकमा पर्यटकीय नगरी न्युक्यासलबाट अमर रसाइलीले उम्मेदवारी दिने भएका छन्।

सचिवमा युवा अभियन्ता कल्याण खड्का, सह सचिवमा सुवास मैनाली, कोषाध्यक्षमा राज पाख्रीन कुँवरको टिममा अटाएका छन्। त्यस्तै महिला संयोजकमा सुजना श्रेष्ठले उम्मेदवारी दिएकी छन्।

एनएसडब्लु युवा संयोजकमा सक्क्षम सुवेदी, उपसंयोजकमा राहुल अर्याल र सदस्यमा विज्ञान ढकाल रहेका छन्।

त्यस्तै एनसिसी सदस्यका लागि तेज कवें, बद्री बरुवाल , सन्तोष श्रेष्ठ, विमल कँडेल, रोशन भट्टराई, प्रकाश पाण्डे टिममा अटाएका छन्। त्यसैगरी एससिसी उम्मेदवारका रूपमा वीरेन्द्र क्षेत्री, प्रमोद न्यौपाने, विशाल वन, केपी सेढाइँ, ब्रसीस सुवाल, बाबुराज कडारिया, पुजा प्रधानलगायत छन्।

एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वका लागी २९ जुलाई शनिबार निर्वाचन हुँदैछ। अष्ट्रेलियाका सबै राज्यमा स्थानिय समय अनुसार बिहान नौ बजे देखी सुरू हुने मतदानको कार्यक्रम पाँच बजे समाप्त हुने छ भने राती नौ बजे नै नतिजा सार्वजनिक गर्ने योजना रहेको छ।

यी हुन पोख्रेलले उम्मेदवारी दिँदै गर्दा गरेका प्रतिबद्धताहरू