मेलबर्न, अस्ट्रेलिया । मेलबर्नको ग्लेनरोइ पुस्तकालयलाई नेपाली पुस्तक हस्तान्तरण गरिएको छ। सोमबार एक कार्यक्रमकाबीच नेपाल सरकारकी पूर्व सह-सचिब तथा लेखिका मोती शोभा श्रेष्ठले पुस्तकालयकी टिम लिडर रिता हार्डलीलाई नेपाली भाषाका पुस्तक हस्तान्तरण गरेकी हुन्। हस्तान्तरण गरिएका पुस्तकहरूमा मोती शोभा श्रेष्ठद्वारा लिखित चार लघु उपन्यास लगायत आधा दर्जनभन्दा बढी, हिन्दी र अंग्रेजीमा अनुवाद भइसकेको कवि चन्द्र…