काठमाडौँ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका प्रभावितका लागि नेपाल सरकारले संचालन गरेका उद्धार राहत तथा पुनःस्थापना गर्नका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका नेपाली अवैतानिक महावाणिज्य दूत चन्द्र योञ्जनले १० लाख सहयोग गरेका छन्। शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी उक्त रकम हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्री प्रचण्डसँगको…