एडिलेडमा अगस्त्यको दोस्रो ‘शो’ हुँदै

एडिलेडमा अगस्त्यको दोस्रो ‘शो’ हुँदै


एडिलेड अष्ट्रेलिया । नेपाली चलचित्र अगस्त्य दोस्रो पटक एडिलेडमा प्रदर्शन हुने भएको  छ। मार्च १० मा पहिलो ‘शो’ सफलता पूर्वक सम्पन्न गरेको गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्ट र खुकुरी इभेन्टसले एडिलेडमा दोस्रो पटक मार्च २१ तारिख फिल्म ‘अगस्त्य’को दोस्रो शो गर्न लागेका हुन्। 

बिहीबार ७ः१५ बजेबाट मर्करी सिनेमा हलमा फिल्म अगत्सयको शो हुने गिरीश इभेन्टका निर्देशक गगन गिरीले जानकारी दिए। औसिज माइग्रेसन एजेकेशन कन्सलटेन्ट मुख्य प्रयोजन गरेको उक्त शो को टिकट २२ अष्ट्रेलियन डलर तोकिएको उनले बताए। फिल्म अगस्त्यको अष्ट्रेलिया प्रदर्शनको अधिकार भने सेभन सिज् इन्टरटेनमेन्टले लिएको छ। 

टिक अनलाइनबाट खरिद गर्न सकिने छ। टिकट खरिदका लागि यहाँ क्लिक गर्नुहोस्। 

सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म अगस्त्यमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ। फिल्मलाई संजय लामाले छायांकन गरेका हुन्। 

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ।