मेलबर्नकी अनुज्ञा पाठकलाई बोनम्यारो प्रत्यारोपण गर्न दाताको खोजी 

मेलबर्नकी अनुज्ञा पाठकलाई बोनम्यारो प्रत्यारोपण गर्न दाताको खोजी 


मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नस्थित क्रेगीबर्नमा बसोबास गर्दै आएकी नेपाली अनुज्ञा पाठकलाई रक्तक्यान्सर भएपछि यतिबेला उनको बोनम्यारो प्रत्यारोपणको लागि दाताको खोजी सुरु भएको छ । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सबैभन्दा सुरुमा आफुलाई रक्तक्यान्सर भएको र यसको उपचारका लागि गरिने बोनम्यारो प्रत्यारोपण गर्न चाहिने दाता नै नभेटिएर समस्या भएको उजागर गरेकी थिइन् । हाल उपचार गराइरहेकी उनका अनुसार अष्ट्रेलियामा मात्र नभएर विश्वका कुनैपनि कुनामा रहेका व्यक्तिहरुले पनि उनको जीवन बचाउन ‘स्टेम सेल डोनेसन’ गर्न सक्नेछन् । तर, यसको लागि दुबैजनाको बोनम्यारो भने म्याच गर्नुपर्ने हुन्छ । 

दाताहरुले सुरुमा आफुलाई बोनम्यारो प्रत्यारोपणको दाताको रुपमा दर्ता गर्नु पर्दछ । त्यसपछि अनुज्ञासँग म्याच गरेको अवस्थामा उनले राहत पाउनेछिन् । अनुज्ञालाई यो समस्या देखिएको गत डिसेम्बरदेखि हो । उपचार जारी भएपनि प्रत्यारोपणका लागि आफ्नो परिवारजनका सदस्यहरुको स्टेम सेल म्याच नभएपछि अहिले समूदायमा उनले अपिल गरेकी हुन् । नेपाली समूदायका सदस्यहरुले आफ्नो सामाजिक सञ्जालमा अनुज्ञाका लागि अनुरोध र आग्रहका साथ तत्कालै दाताको रुपमा आफुलाई दर्ता गराउन आग्रह गरेका छन् । 

बोनम्यारोको दान गर्ने प्रक्रिया खासै अहसज नहुने विज्ञहरुले बताएका छन् । यो प्लाज्मा या रक्तदान गरेको जस्तै हुने गर्दछ । 

तपाईं पनि अनुज्ञालाई बचाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तल दिइएका लिंकमा गएर आफुलाई दाताको रुपमा दर्ता गराउनुस् –

From India:

https://www.dkms-bmst.org/register-now

From Japan:

https://swabtheworld.com/en/country/japan

From Portugal:

https://swabtheworld.com/en/country/portugal

From Australia:

https://strengthtogive.org.au/

From USA and Canada:

https://www.giftoflife.org/swab

From UK:

https://www.dkms.org.uk/get-involved/become-a-donor