न्युजिल्याण्डमा सेतो शार्क टाउको काटिएको अवस्थामा फेला

न्युजिल्याण्डमा सेतो शार्क टाउको काटिएको अवस्थामा फेला


मेलबर्न अष्ट्रेलिया ।

न्युजिल्याण्डको एउटा समुद्री तटमा टाउको काटिएको अवस्थामा सेतो शार्क फेला परेको छ। उक्त शार्ककको बारेमा अनुसन्धान भइरहेको न्युजिल्याण्डका अधिकारीले बताएका छन्।

मार्च १५ तारिखमा फेला परेको शार्ककको बारेमा अधिकारीहरुले अनुसन्धान गरिरहेको न्युजविकले जनाएको छ। संकटापन्न अवस्थाको शार्कको विषयमा जानकारी गराउन न्युजिल्याण्डको संरक्षण विभागले जनतासँग अपिल पनि गरेको छ।

उक्त शार्क मृत अवस्थामा डुंगा अड्याउने ठाउँमा फेला परेको थियो। संकटापन्न शार्कलाई वन्यजन्तु ऐन १९५३ अन्तर्गत न्युजिल्याण्डमा संरक्षण गरिएको छ। यसलाई मारेमा २ वर्षसम्मको जेल सजाय वा १ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गर्ने व्यवस्था गरिएको छ।

यसैगरी दुर्घटना वा अन्य कारणले मरेको खबर स्थानीय अधिकारीलाई नगर्दा पनि अनुसन्धानबाट दोषी पाइएमा ६ हजार डलरको जरिवाना हुने व्यवस्था न्युजिल्याण्डको कानुनमा उल्लेख छ।