काठमाडौं । सरकारले १३ देशका राजदूत नियुक्तिका लागि नाम प्रस्ताव गरेको छ । पूर्वप्रधानसेनापति सहित विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको सरकारले खाली रहेको अष्ट्रेलियामा भने कसैको पनि नाम सिफारिश गरेको छैन । नेपाल सरकारले प्रस्ताव गरेका राजदूतहरुको नामावली सार्वजनिक सुनवाई भएपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाउने र स्वीकृत भएर आएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रचलन छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिश गरेको गरेको हो। मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिए।
विभिन्न क्षेत्रका अब्बल व्यक्तिलाई राजदूत नियुक्तिको लागि सिफारिस गरिएको खनालको भनाइ छ। विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिलाई छानिएको उनले बताए।
प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे स् भारत का लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा – संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा बेलायतका लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

प्रतिक्रिया