मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको डार्विनमा सञ्चालन भइरहेको टप एन्ड टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले सोमबार स्टार्स एकेडेमी टिमको सामना गर्दैछ । विहान ११ बजे हुने खेलमा नेपाल दबाबमा रहनेछ । दुई खेलामा पराजित नेपाली राष्ट्रिय टोलीका लागि तेश्रो खेल जित्नैपर्ने दबाब छ ।
स्टार्स एकेडेमी त्यही टिम हो जसले मेलबर्न स्टार्सका नामले यहाँको बिग बास लिगमा खेल्ने गर्दछ । यही क्लबबाट यसअघि सन्दिप लामिछानेले खेलेका थिए ।
यसपछि नेपालको खेल मंगलबार हुरिकेन्ससँग हुनेछ भने बुधबार नेपालले रेनेगेड्ससँग खेल्नेछ । शुक्रबार पाकिस्तानसँगको खेलपछि अंक तालिका अनुसार बाँकी यात्रा तय गर्ने वा स्वदेश फर्कने तय हुनेछ ।
यसअघि शुक्रबार र शनिबार भएका खेलमा नेपाल नर्दन टेरेटोरी स्ट्राईक्स । बंगलादेशसँग पराजित भइसकेको छ ।
प्रतिक्रिया