नेप्लिज फुटबल क्लब तास्मानिया (एनएफसीटी) ले आयोजना गरेको चौथो एनएफसीटी इन्टरस्टेट कप २०२५ तास्मानियाको होबार्टस्थित न्यू टाउनको कोर्नेलियन बे ओभलमा सम्पन्न भएको छ। अस्ट्रेलियाका विभिन्न राज्यबाट आएका १२ वटा नेपाली फुटबल टोलीको सहभागिता रहेको यस प्रतियोगितामा पाँच टोली तास्मानिया बाहिर र सात टोली तास्मानियाबाट सहभागी भएका थिए। प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक रह्यो। सेन्ट जर्ज…