मेलबर्न, अष्ट्रेलिया ।
हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय सञ्जालले जहाँ आवश्यक छ, त्यहीँ सेवा नाराका साथ गएको १२ महिनामा गरेका कामहरु सार्वजनिक गरेको छ । यसका ग्लोबल संयोजक डिला खरेलले एक विज्ञप्ति जारी गर्दै कामको सूचि सार्वजनिक गरेका हुन् ।
खरेलका अनुसार बाढी, पहिरोका बेला हेल्प नेपालले तत्काल राहतसहित प्रभावित परिवारहरूसँग हातेमालो गर्यो।
दोलखा , म्याग्दी, सिन्धुपाल्चोक, इलाम लगायत जिल्लामा अस्थ्यी टहरा, टेन्ट, जस्ता पाता , खाद्यान्न, औषधि र खाना वितरण गरिएको छ । जसमा काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, दोलखाका बाढी तथा पहिरोपीडितलाई राहत वितरण।
इलाममा बाढी पीडितहरूका लागि १५ टार्पोलिन, १९ अस्थायी टेन्ट घर निर्माण।
इलाम, खोटाङ, सप्तरीका आगलागी पीडितलाई कम्बल तथा राहत सामग्री।
बाजाङ, रुकुम पश्चिम, जाजरकोटका भूकम्प पीडितलाई खाद्यान्न, कम्बल, ट्रिपाल तथा आपतकालीन सहयोग।
दाङ तथा तनहुँका बालबालिकालाई न्यानो कपडा वितरण, कठिन मौसममा सुरक्षित गर्नु।
धुलिखेल हेल्प नेपाल बालगृह – २४ बालिकाको सुरक्षित भविष्य, हेल्प नेपाल नेटवर्कद्वारा संचालित धुलिखेल बालगृहमा २४ बालिकाहरूले सुरक्षित आवास, गुणस्तरीय शिक्षा र जीवन–कौशल सिकिरहेका छन्।



यस वर्ष बालिकाहरूले एसईईमा उत्कृष्ट नतिजा ल्याई संस्थाको गौरव बढाए।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहितका अधिकार प्राप्त व्यक्तिहरूको टोलीले बालगृहको भ्रमण गरी बाल–अधिकार तथा कानुनी सचेतनामा अभिप्रेरित सत्र पनि सञ्चालन गरियो।
सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाई र समीक्षा बैठक निर्देशित पारदर्शिता र जवाफदेहिताप्रति संस्थाको उच्च प्रतिबद्धताको उदाहरण बने। बालिकाहरूले पोखरा, लुम्बिनी, सुनौली र पाल्पाको चारदिने शैक्षिक तथा सांस्कृतिक भ्रमणमा सहभागी भई व्यवहारिक ज्ञान, आत्मविश्वास र सांस्कृतिक अनुभव बटुले।

प्रतिक्रिया