मेलबर्न अष्ट्रेलिया ।
यो वर्षको दसैंको टीकाको उत्तम साइत असोज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत जुराएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कुन देशमा कति बजे टिका लगाउने भन्नेबारे बिहीबार साइत र समय निकालेको छ।
अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अष्ट्रेलियाका विभिन्न सहरमा बेग्लै बेग्लै समय टिकाको उत्तम साइत निकालेको छ । अष्ट्रेलियाको सिड्नीमा ५ अक्टोबर बुधबार बिहान १०ः४१ बजे, मेलबर्नमा ५ अक्टोबर बुधबार बिहान १०ः५५ बजे र ब्रिसबेनमा ५ अक्टोबर बुधबार बिहान ११ः५ बजे साइत र समय जुराएको छ।
यस्तै अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्वीजरल्याण्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभ साइत जुरेको छ।
प्रतिक्रिया