एडिलेडमा मैत्रीपुर्ण टेनिस सम्पन्न, टिम साउथ अष्ट्रेलिया विजयी

एडिलेडमा मैत्रीपुर्ण टेनिस सम्पन्न, टिम साउथ अष्ट्रेलिया विजयी


एडिलेड । नेप्लिज टेनिस क्लब अष्ट्रेलियाको आयोजनामा एडिलेडमा नेप्लिज कम्युनिटी टेनिस क्लव भिक्टोरिया र नेप्लिज टेनिस क्लब अष्ट्रेलिया बिच शुक्रवार र शनिवार भएको मैत्रीपुर्ण खेलमा टिम साउथ अष्ट्रेलिया विजयी भएको छ । सम्पन्न ४१ खेल मध्ये साउथ अष्ट्रेलियाले २१ खेलमा विजयी भएर विजेताको उपाधि हाशिल गरेको हो ।

बिजेता – टिम साउथ अष्ट्रेलिया

खेलको पुरुष सिङ्गल तर्फको फाइनल खेलमा साउथ अष्ट्रेलियाका भेष बहादुर थापाले टाइपरेकडमा भिक्टोरियाका राजेन्द्र कार्की माथी बिजय हासिल गरेर उपाधि हासिल गर्न सफल भएका थिए । त्यसै गरि डवल तर्फको खेलमा साउथ अष्ट्रेलियाका भेष बहादुर थापा र अमर खड्काको जोडिले साउथ अष्ट्रेलियाकै राज बहादुर केशी र यदु आचार्यको जोडी माथी बिजय हासिल गरेका थियो । खेलका विजयी खेलाडीहरुलाई कप मेडल र प्रमाण पत्र तथा सहभागीहरुलाई मेडल तथा प्रमाण प्रदान गरिएको थियो ।खेलाडीहरुलाई पुरस्कार वितरण नेप्लिज टेनिस क्लब अष्ट्रेलिया अध्यक्ष सुपक अधिकारी, खेलाडी तथा एडिलेड नेपाली समाजका पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मी, मुख्य प्रायोजक लोनसोलुसनका अशोक एसी लगायतले गरेका थिए ।

उप विजेता – टिम भिक्टोरिया

कार्यक्रममा नेप्लिज कम्युनिटी टेनिस क्लव भिक्टोरियाका अध्यक्ष कुमार आलेले आतिथ्यका लागि नेप्लिज टेनिस क्लब अष्ट्रेलिया परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । पुरस्कार वितरण कार्यक्रम समापन गर्दे नेप्लिज टेनिस क्लब अष्ट्रेलियाका सचिव तथा कार्यक्रम संयोजक बलराम भण्डारीले खेलाडी तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । मैत्रीपुर्ण खेलमा भिक्टोरिया तर्फबाट संदिप भण्डारी, रितेश बास्तोला, टोप आले, शंकर अर्याल, केशव खत्री, ओम पौडेल, सुवास घिमिरे, बिष्णु पयनी राजेन्द्र कार्की र साउथ अष्ट्रेलियाका तर्फबाट भेष बहादुर थापा, राज बहादुर केशी, उमेश बुढाथोकी, सुरेन्द्र रेग्मी, अम्वर खड्का, दिपेन्द्र गुरुङ, नविन कडेल, बलराम भण्डारी, यदु आचार्य, मोहन शाही, कुमार थापा दिलिप तामाङ, मोहन श्रेष्ठ, सागर श्रेष्ठ, श्याम बोहोरा, दिपेश महर्जन , रमेश अधिकारी सहभागी रहेका थिए ।

सिङ्गल तर्फका विजेता भेष बहादुर थापा