‘चौथो एस एण्ड एस र राइट एण्ड एसोसिएट्स नेपाल एम्बासी कप २०२२’ को उपाधि युनाईटेडले जित्यो

‘चौथो एस एण्ड एस र राइट एण्ड एसोसिएट्स नेपाल एम्बासी कप २०२२’ को उपाधि युनाईटेडले जित्यो


मेलबर्न अष्ट्रेलिया ।

क्यानवेरा नेप्लिज फुटबल क्लबको आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको ‘चौथो एस एन्ड एस र राइट एन्ड एसोसिएट्स नेपाल एम्बासी कप २०२२’ को उपाधि युनाईटेड फुटबल क्लबले जितेको छ । शनिवार क्यानबेराको अष्टे्लीयन इंस्टीट्यूट अफ स्पोर्ट्स (एआइएस) को फुटबल मैदानमा भएको फाइनल खेलमा युनाईटेड फुटबल क्लबले सेन्ट जर्ज नेपाली फुटबल क्लब लाई हराउँदै उपाधि हात पारेको हो ।

जितसँगै युनाईटेड फुटबल क्लबले ४ हजार नगद अष्ट्रेलियन डलरसहित सिल्ड तथा मेडल प्राप्त गरेको छ । यस्तै उपविजेता सेन्ट जर्ज नेपाली फुटबल क्लवले २ हजार अष्ट्रेलियन डलरसहित सिल्ड तथा मेडल प्राप्त गरेको छ ।

League cum knockout को आधारमा खेलिएको एक दिवसीय प्रतियोगितामा अवधिभरका आधारमा उत्कृष्ट डिफेन्डर सेन्ट जर्ज नेपाली क्लबका शिव गिरी घोषित गरिएका थिए भने उत्कृष्ट मिडफिल्डरः सन्तोष तामाङ युनाइटेड एफसी मेलबर्न उत्कृष्ट किपरः विवेक अधिकारी युएफसीबाट, सर्वोउत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडी: दर्शन गुरुङ युएफसीबा घोषित गरिएका थिए ।

उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि अष्ट्रेलिया स्थित नेपाली राजदूत कैलाशराज पोखरेलको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता आयोजक क्लब सिएनएफसीका अध्यक्ष सुरज पौडेलले गरेका थिए । कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्वअध्यक्ष आशिष सापकोटाले गरेका थिए भने कार्यक्रम अवधिभर स्वयंसेवक भूमिका क्लवका चुडामनी सापकोटा, सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतकाले निर्वाह गरेका थिए । कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव प्रधुम्न दाहाल गरेका थिए ।