तास्मानियाको लन्चेस्टनमा ‘दशैँ नाइट’ सांगितिक कार्यक्रम हुँदै, भाग्यशालीलाई खसी उपहार

तास्मानियाको लन्चेस्टनमा ‘दशैँ नाइट’ सांगितिक कार्यक्रम हुँदै, भाग्यशालीलाई खसी उपहार


मेलबर्न अष्ट्रेलिया । ताली इभेन्टले तस्मानियाको लन्चेस्टनमा दशैँ नाइट सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। अक्टोबर ७ तारिखका दिन लन्चेस्टनस्थीत लोनिस नाइटक्लबमा हुने उक्त कार्यक्रममा सुगम पोखरेल, नविन के भट्टराई र आदेश पौडेलले मनोरञ्जनात्मक प्रस्तुति गर्नेछन्।

कार्यक्रम स्थल प्रवेशका लागि तीन भेराइटीमा टिकट राखिएको छ। जस अनुसार अर्ली बर्डको ३० डलर, फर्स्ट रिलिजको ३५ डलर र डोर सेलको ४० डलर तोकिएको छ।

ताली इभेन्टले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली कलाकारसहित डिजे, स्थानीय कलाकार हृदय दाहालका साथै अन्य स्थानीय कलाकारहरूकसमेत प्रस्तुति रहनेछ। कार्यक्रमको ओपनिङ आदेश पौडेल र आरोह ब्याण्डले गर्नेछ।

उक्त कार्यक्रममा एक लक्की ड्र समेत गरिनेछ। उक्त लक्की ड्रमार्फत एक भाग्यशाली विजेतालाई खसी उपहार रहेको ताली इभेन्टका संयोजक सुजन थापाले जानकारी दिए।