चितवन समाजले भिक्टोरियामा अक्टोबर २१ तारिख चाडवाड लक्षित क्रुज पार्टी गर्दै

चितवन समाजले भिक्टोरियामा अक्टोबर २१ तारिख चाडवाड लक्षित क्रुज पार्टी गर्दै


मेलबर्न, अष्ट्रेलिया ।

चितवन समाज भिक्टोरियाले आगामी अक्टोबर २१ तारिख शुक्रबार दशैंतिहार क्रुज पार्टी आयोजना गर्ने भएको छ । लेन्डभाईजरको प्रस्तुतिमा समाजले गर्न लागेको क्रुज पार्टीमा करिब २ सय जना सहभागी हुन सक्नेछन् ।

समाजका अध्यक्ष अनुपम पाठकले केविसी अष्ट्रेलियासँग कुरा गर्दै चाडवाडको बेला धेरैभन्दा धेरै नेपालीहरु एकै ठाउँमा भेला भएर शुभकामना साटासाट गर्दै पानी जहाजबाट देखिने मेलबर्नको मनोरम दृश्यका साथै विभिन्न सांगीतिक प्रस्तुतिका साथ कार्यक्रम गर्न लागेको जानकारी दिए । पाठकले यस पटक प्रायोजकहरुको उत्साहपूर्ण साथ रहेको बताउँदै भिक्टोरियामा बसोबास गर्ने नेपाली समूदायले पनि विगतमा जस्तै सक्रिय सहभागिता जनाउने अपेक्षा रहेको बताए ।

क्रुज साँझ ५ बजे डकल्यान्डसबाट छुट्नेछ भने करिब पाँच घण्टा मनोरञ्जनात्मक कार्यक्रमका साथ पानीमा समय बिताउन पाइनेछ ।
चितवन समाज भिक्टोरियाले केही समय अघि अष्ट्रेलियामा आफन्तजन भेट्न आएका नेपाली अभिभावकहरुको लागि भ्रमण कार्यक्रम आयोजना गरेको थियो ।