तास्मानिया अष्ट्रेलिया ।
नेपाली सोसाइटी अफ तास्मानियाले कार्यालयको स्थापना गरेको छ । घटस्थापनाको अवसर पारेर संस्थाले होबार्टको मोनाह आफनै कार्यालय उद्घाटन गरेको हो।
उद्घटन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तोयाराज भट्टराईले सोसाइटीको गतिविधि, बैठक, नेपाली समुदायको निम्ति प्रयोग गर्न र सोसाइटिको दैनिक रूपमा हुने कार्यालयका काम–काज गर्न सहज होस् भन्ने उद्देश्यले कार्यालय स्थापना गरेको बताए । उनले उपस्थिति सबै नेपालीहरूलाई धन्यबाद दिँदै आगामी दिनहरूमा यस सोसाइटीलाई थप सशक्त रूपमा लैजान सबैको साथ–सहयोगको खाँचो रहेको बताए।
कार्यालयको उद्घाटनको हिन्दु धर्म अनुसार पुजारीद्वारा बिधिवतरूपमा सोसाइटिका उपाध्यक्ष केराज खनालको नेतृत्वमा दुर्गा पुजा सहित नेपालीको महान चाँड वडा दसैँको शुभकामना आदान–प्रदान गरी सम्पन्न गरिएको थियो।
सो अवसरमा सोसाइटीले तास्मानियमा रहेका नेपालीहरूलाई निःशुल्क जमरा उपलब्ध गराउने जानकारी दिएको छ। यसका लागि संस्थाका सदस्य तथा युवा समाजसेवी आशिष तिवारीलाई जिम्मेवारी दिएको छ। जमरा लीन इच्छुकहरूले 113 Albert Road, Moonah यस ठेगानामा आएर सम्पर्क गर्न तिवारीले आग्रहसमेत गरेका छन्।
उक्त कार्यक्रममा अष्ट्रेलियाका स्थानीय दलका प्रतिनिधि, नेपाली सोसाइटी तास्मानियाका पूर्व अध्यक्ष र तास्मानियामा रहेका विभिन्न नेपाली एवं विदेशी संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया