कुलमानलाई हटाउने निर्णयको सबैतिर विरोध, सरकारका प्रवक्ताले भने थाहा छैन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयका विषयमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुंगले थाहा नभएको बताएका छन् । मन्त्रिपरिषद्को बैठकबाट बाहिर निस्कने क्रममा पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो बताएपनि केही समय पछि नै कुलमानलाई हटाइएको र हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको खबर बाहिरिएको थियो । यसपछि निर्णयको सत्तापक्षबाटै विरोध भएको छ । नेपाली कांग्रेसका…