पाकिस्तानले दियो भारतीय आक्रमणको जवाफी कारवाही – बनयान मरसस अपरेसन

पाकिस्तानले दियो भारतीय आक्रमणको जवाफी कारवाही – बनयान मरसस अपरेसन



पाकिस्तानी सेनाले शनिवार बिहान आधिकारिक रूपमै भारतविरुद्ध जवाफी कारबाही थालेको घोषणा गरेको छ । यसअघि पाकिस्तानले आफ्नोतर्फबाट कुनै कारबाही नभएको दाबी गर्दै आएको थियो ।

‘अपरेशन ‘बनयान मरसूस’ नाम दिइएको जवाफी कारबाहीका क्रममा पाकिस्तानी सेनाले भारतको उधमपुर शहरमा रहेको एयरबेस र पठानकोटको एयरफिल्डलाई निशाना बनाएको छ।

यसबाहेक, पन्जाबको ब्यासमा अवस्थित ब्रह्मोस मिसाइलको भण्डारण स्थलमा पनि आक्रमणको दाबी गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अपरेशन बुनयान मरसूसु अर्थ सिसा भन्दा बलियो पर्खाल अर्थात् धेरै बलियोसँग सुरक्षा गर्ने पर्खाल भन्ने बुझिन्छ । यसअघि भारतले पाकिस्तानविरुद्ध हमला गर्दा अपरेशन सिन्दूर नाम दिएको थियो । २२ अप्रिलमा पहलगाममा आतंककारी हमला भएसँगै भारत(पाकिस्तानबीच तनाव बढेको हो । पहलगाम हमलाको १५ दिनपछि भारतले पाकिस्तानतर्फ हमला सुरु गरेको थियो ।

उसो त पाकिस्तानी जवाफी आक्रमणको केही समय अघि त्यहाँको सेनाले भारतले नूर खान (रावलपिंडी), मुरिद (चकवाल) र रफीकी (शोरकोट) एयरबेसहरूलाई निशाना बनाएको दाबी गरेको थियो। यद्यपि, यी आक्रमणहरूमा पाकिस्तानी वायुसेनाले कुनै क्षति बेहोरेको छैन।

सेनाका प्रवक्ता जनरल अहमद शरीफ चौधरीले भारतले आफ्ना लडाकु विमानहरूबाट हावाबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्रहरू प्रहार गरेको दाबी गरे। उनले भने, ‘हामी भारतको शक्ति, चालबाजी वा आक्रमणबाट डराउने समुदाय होइनौँ। अब उसले हाम्रो जवाफको प्रतीक्षा गर्नुपर्छ।’