भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो यी ३२ विमानस्थल

भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो यी ३२ विमानस्थल


काठमाडौँ ।पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबारदेखि पाँच दिनसम्मका लागि ३२ वटा विमानस्थल बन्द गरेको हो। शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानले ड्रोन हमला गरेको थियो।यसअघि २४ वटा विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको थियो। यसअघि २४ वटा विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको थियो। भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर थप ८ वटा विमानस्थलसहित ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको जनाएको छ। अपरेसन सिन्दुर नाम दिएर भारतले बुधबार पाकिस्तानका ९ ठाउँमा हवाइ आक्रमण गरेपछि पाकस्तानले बिहीबार त्यसको जबाफ दिएको थियो।