सिड्नी, अष्ट्रेलिया ।नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम एनएडीएफको अध्यक्षमा डा. ज्ञानेन्द्र रेग्मी सर्वसम्मत चयन भएका छन् । २४ वर्ष पुरानो नेपालीको संस्थाको हालै सम्पन्न भएको अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सुरेन्द्र सापकोटा, विवेक थापा, बालचन्द्र भट्टराई, महेन्द्र लम्साल र सुरेन्द्र सिग्देल रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको घोषणा गरेका हुन्…