भारत/पाकिस्तान युद्धविराम सहमतिपछि जम्मू-कश्मीरको अवस्था सामान्य बन्न थालेको छ । बीबीसीका अनुसार मानिसहरू घरबाट बाहिर निस्किन थालेका छन् भने केही पसलहरू खुलेका छन् । सडकहरूमा पनि आवतजावत शुरू भएको छ ।
शनिबार राति भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएपछि पनि जम्मूका स्थानीय बासिन्दाहरूले आफ्नो घर वरिपरि ड्रोनहरू देखेको बताएका छन् ।
जम्मूको सीमावर्ती क्षेत्रका धेरै स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा ड्रोन उडिरहेको देखेको बताए ।
पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा नजिकै रहेका गाउँहरूबाट फोन गर्ने मानिसहरूले युद्धविराम भएको केही समयपछि पनि उनीहरूको घर वरिपरि हल्का गोलीबारी भएको आवाज सुनिएको बताए ।
भारत सरकारले राति अबेर पत्रकार सम्मेलन आयोजना गरेको थियो जसमा सरकारले पाकिस्तानबाट ड्रोन र हल्का गोलीबारीका केही घटना भएको बताएको थियो। यद्यपि, यसपछि स्थिति शान्त भएको छ ।
उनीहरूले सम्पूर्ण रात शान्तिपूर्वक बिताएको बताए।
सीमा नजिकै भएको गोलाबारीपछि अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको समाचार आएको छैन ।
प्रतिक्रिया