काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताउनुभएको छ। शुक्रबार राजधानीमा आयोजित एक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘‘नेपालमा एआईको उपयोगमा विकास र प्रवर्द्धन गर्न एवं सो को प्रयोगमा गोपनीयता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति तर्जुमाको कार्य भइरहेको…