ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध


काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पुल नम्बर ३ नजिकै पहिरोका कारण ट्रक पल्टिएको हो। यस घटनामा ट्रक चालक सामान्य घाइते भएका छन्। ट्रक हटाउने र पहिरोको मलबा पन्छाउने कार्य भइरहेको छ। 

यो सडक खण्डमा पहिरोका कारण बारम्बार अवरोध हुने गरेको छ। यसअघि पनि यही स्थानमा पहिरोले सडक १८ घण्टासम्म अवरुद्ध भएको थियो। सडक पुनः सञ्चालनमा आएपछि पुनः पहिरो खसेर सडक बन्द भएको हो। यसले यात्रुहरूलाई ठूलो असुविधा पुर्‍याएको छ।

चितवन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक नपरेसम्म उक्त सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।