विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा सम्पन्न आईसीसी महिला टी२० विश्वकप २०२६ एसिया छनोटको अन्तिम खेलमा नेपाल महिला क्रिकेट टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको छ। थाइल्याण्डले पहिलो ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा १५८ रन बनायो, जसमा नत्ताया बूचाथाम र नन्नापत कोनचारेन्काईले समान ५० रनको योगदान दिए। नेपालले जवाफी ब्याटिङमा नियमित अन्तरालमा विकेट…