होबार्टमा गोर्खा लिजेन्ड्सको एवार्ड नाईट सम्पन्न

होबार्टमा गोर्खा लिजेन्ड्सको एवार्ड नाईट सम्पन्न


होबार्ट, तास्मानिया ।

तास्मानियाको सबैभन्दा पुरानो नेपाली क्रिकेट क्लब गोरखा लिजेण्ड्सले “अवार्ड नाइट २०२५” सम्पनन गरेको छ । होबार्टस्थित वार मेमोरियल हलमा भएको कार्यक्रममा क्लबका खेलाडी, प्रायोजक, स्वयंसेवक, परिवारजन तथा समर्थकहरूको योगदानलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सुरुवातमा क्लबका अध्यक्ष प्रकाश उप्रेतीले सम्पूर्ण अतिथि, खेलाडी, परिवारजन, प्रायोजक तथा समुदायलाई स्वागत गर्दै आगामी दिनहरूमा क्लबलाई अझ मजबुत, संगठित र समावेशी बनाउने प्रतिबद्धता व्यक्त व्यक्त गरेका थिए । उनले गोरखा लिजेण्ड्सको सफलताको श्रेय खेलाडीहरूको अनुशासन, परिवारको साथ, प्रायोजकहरूको सहयोग र समुदायको निरन्तर समर्थन रहेको बताए ।

कार्यक्रममा बोल्दै एनआरएन न्यूसाउथवेल्सका संयोजक बिनोद कुँवरले आफुले तिलोत्तमा नगरपालिकामा बनाएको क्रिकेट मैदानले नेपालको खेलकद पूर्वाधारमा दिएको योगदानको चर्चा गरेका थिए ।

उक्त अवसरमा बोल्दै लेबर पार्टी प्रतिनिधि जोश विली, प्रिमियर कार्यालयकी प्रतिनिधि मारेलिना डि फ्लोरियो, लिबरल पार्टीका उम्मेदवार डिन यङ, क्लबको टाइटल स्पोन्सर भीएक्सएलका बिष्णु सापकोटा, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका कोषाध्यक्ष खगेन्द्र सत्यााल र तास्मानियन नेप्लीज क्रिकेट एशोसिएसनका का अध्यक्ष कमल भण्डारी, नेप्लीज तास्मानियन स्पोर्टस एशोसिएसनका उपाध्यक्ष सुजित रेग्मीले क्लबको प्रयासको सराहना गर्दै आगामी दिनहरू अझ प्रगति र एकताको शुभकामना दिएका थिए ।

खेलाडीहरुलाई प्रदर्शनका आधारमा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । जस अन्तर्गत सन्दीप अधिकारीले “Most Valuable Player”, “Best Fielder” र “Best Batsman” को उपाधि हात पार्दै रातको मुख्य आकर्षण बन्न सफल भए। सिजनको उत्कृष्ट बलरको रूपमा अन्जित लम्साललाई सम्मान गरियो। साथै Southern Cricket Association को ५० ओभर प्रतियोगितामा निर्णायक भूमिका खेलेका १२ जना खेलाडीलाई “Man of the Match” ट्रफी प्रदान गरिएको थियो। प्रतियोगितामा शतक बनाउने ब्याट्सम्यान तथा पाँच विकेट लिने बलरहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।
“गोरखा लिजेण्ड्स अवार्ड नाइट २०२५” ले तास्मानियाको नेपाली समुदायमा उत्साह र एकताको भावनालाई थप उचो बनाएको अनुभूति सबै सहभागीहरूले गरेका थिए।