मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाई २६ तारिखमा हुने निर्वाचनको अनलाईन भोटिङ भेरो भोटिङमार्फत हुने भएको छ । यसअघि पनि अनलाईन भोटिङ यही कम्पनीले उत्पादन गरेको सफ्टवेयरको प्रयोगबाट गर्ने गरिएको थियो । अघिल्लो पटक आईसीसीको निर्वाचनमा विवाद उत्पन्न गराइएपछि भेरो भोटिङ चर्चामा थियो ।
अष्ट्रेलियाको पर्थमा केन्द्रीय कार्यालय रहेको भेरो भोटिङ अष्ट्रेलियन कम्पनी हो । यसले विगत २० वर्षदेखि सेवा दिँदै आएको छ । मुख्यतः अनलाईन र हाईब्रिड मतदानका लागि यसको विश्वसनीयता सबैले स्वीकार गरेको विषय हो ।
भेरो भोटिङले रिजर्भ बैंक अफ अष्ट्रेलिया, विभिन्न खेलकुदका क्लबहरु लगायतको निर्वाचनमा यसले आफ्नो सेवा दिइसकेको कम्पनीको वेवसाईटमा जनाइएको छ । कम्पनीले अष्ट्रेलियाको कानूनको अधिनमा रही निष्पक्ष रुपमा आफ्नो कार्य सम्पादन गर्ने गर्दछ । मतदान मात्र होइन अनलाईन बैठकहरुको व्इवस्थापनमा आधुनिक कानूनी र प्रविधिको दृष्टिले सुदृढ सेवा प्रदान गर्दै आएको जनाएको छ । स्वतन्त्र र पारदर्शी मतदानका लागि भेरो भोटिङ प्रसिद्ध छ ।
एनआरएन अष्ट्रेलियाको आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि १५ वटाभन्दा बढी अनलाईन भोटिङ गराउने कम्पनीहरुसँग सम्पर्क गरिएको भएपनि फेस भेरिफिकेशन, अष्ट्रेलियामा मुख्य कार्यालय, यहाँका कानूनी व्यवस्थाहरुको पालनाको प्रतिबद्धता लगायतलाई विश्लेषण गर्दै भेरो भोटिङलाई नै छनोट गरिएको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले केविसीखबरलाई जानकारी दिए ।
प्रतिक्रिया