दोलखामा बाँदर धपाउन ड्रोनको प्रयोग

दोलखा । बाँदरबाट आतङ्कित बनेका दोलखाको मेलुङ गाउँपालिका–७ का किसानहरूलाई राहत दिन ड्रोन प्रयोग गर्न लागिएको छ । बाँदर धपाउन बन्दुकलगायतका साधनको प्रयोग गर्दा पनि नभएपछि यो नयाँ प्रविधि अपनाउन लागिएको वडाध्यक्ष नवराज खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार वडाको तीन लाख रुपियाँ लगानीमा ड्रोन खरिद गरिएको हो । ड्रोनको जानकार सल्यानका विजय राना मगरले…