सिड्नी, अष्ट्रेलिया ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० न्यु साउथ वेल्स च्याप्टरले ११२ औ भानु जयन्ती गत शनिवार सिड्नीको प्रिशा इभेन्ट, ब्ल्याकटाउनमा ‘अनेसास कविता महोत्सव २०२५’ सम्पन्न गरेको छ । अनेसासका अध्यक्ष डा प्रकाश पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको सुरुवात प्रमुख अतिथि एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल र विशेष अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले पानसमा दियो बालेर एवं भानु प्रति श्रद्धासुमनका साथ फूलगुच्छा अर्पण गरेर सुरुवात गरिएको थियो ।
कार्यक्रममा एनआरएनएका अध्यक्ष पोख्रेल र अनेसासका पूर्व अध्यक्षद्वय महेन्द्र पौडेल र सानु घिमिरेले संयुक्त रुपमा
“अनेसास बोर्ड अफ अनर” को उद्घाटन गरेका थिए जसमा अनेसासको स्थापनाकाल देखि हाल सम्मका अध्यक्षहरुको नाम र कार्यकाल उल्लेख छ ।


आदिकवि भानुभक्तप्रति श्रद्धसुमनका साथ दमन्ती पराजुलीले भानुभक्तको कविता वाचन गरेर शुरु भएको कविता
महोत्सवमा विशेष अतिथिहरु वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, कवि एवं साहित्यिक सर्जकहरु जीवराज घिमिरे,
त्रिपुरा पौडेल लगायत ३५ जनाभन्दा बढी कविहरुले कविता वाचन गरेका थिए। आफ्ना रचना वाचन गर्ने अन्य कवि एवं साहित्यकारहरुमा महेन्द्र पौडेल, सानु घिमिरे, निस्प्रभ सजी, जितेन्द्र मल्ल, महेश्वर शर्मा, सौरभ किरण श्रेष्ठ, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, प्रकाश पन्थी, रिचा गौतम, जानकी पौडेल, सन्तोष शर्मा ,डा गणेश केसी, सुमन थापा
संगम, मुक्तिरम पोख्रेल, चतुर्भुज खरेल, भावना पराजुली, जेनिशा गौतम, बिष्णु घिमिरे, आयाम घिमिरे, डा राजु मानन्धर, प्रविन टन्डन, राम कोइराला, राहुल अर्याल, नेत्र प्रसाद पौडेल, सन्तोष रिजाल आदि थिए।
कार्यक्रममा मन्तव्य दिदै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले विदेशी भूमिमा नेपाली भाषा तथा साहित्यको महत्व र अनेसासको सक्रियताको मुक्तकण्ठले प्रशंसा गर्दै एनआरएन अस्ट्रेलिया नेपाली भाषा र साहित्यको उत्थानमा कट्टीवद्ध भएको भन्दै आगामी दिनहरुमा अनेसाससंग एनआरएनएले अझ उपलब्धिमूलक
सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताएका थिए।
कार्यक्रमलाई सहयोग एवं प्रायोजन गर्ने व्यक्तित्वहरु अनिल पोख्रेल, रंजित शाह, चतुर्भुज खरेल, बिनोद कुँवर र मनकाश पियालाई संस्थाका अध्यक्ष र महासचिवले “टोकन अफ लभ” हस्तान्तरण गरेका थिए । कार्यक्रममा निरन्तर साहित्यिक सक्रियता र पुस्तक प्रकाशन सहित अनेसासलाई समेत विशेष योगदान पुर्याउनु हुने संस्थाका सल्लहाकार राम कोइरालालाई अनेसास वर्ष अवार्ड प्रदान गरिएको थियो।
प्रतिक्रिया