सिड्नी । अस्ट्रेलियाको नेपाली समुदायमा क्रियाशील पुराना सामाजिक संस्थामध्ये एक नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) ले भुवन पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। सिड्नीको अर्बनस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा सम्पन्न २७औँ वार्षिक साधारणसभाबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। सन् १९९९ मा स्थापना भएको संस्थाले साधारणसभासँगै आफ्नो २७औँ वार्षिकोत्सवसमेत मनाएको छ। नयाँ नेतृत्वले संस्थाको लामो…