मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्स नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं पुगेका छन् । भुटानबाट नेपालको राजधानी काठमाडौंमा उत्रिएका उनलाई परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले स्वागत गरेका छन् । विमानस्थलमा उत्रिनेवित्तिकै उनले दुई देशको विशेष सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण उपलब्धीपूर्ण बन्ने अपेक्षा व्यक्त गरे । उनले अष्ट्रेलियामा रहेका १ लाख ३० हजारभन्दा बढी…