मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाले आफ्नो सिमाना पूरै खोप लगाएका विदेशी पर्यटक र यात्रीहरुको लागि आगामी फेब्रुअरी २१ तारिखबाट खुल्ला गर्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आज उक्त घोषणा गरेका हुन् । घोषणा गर्दै प्रधानमन्त्री मोरिसनले एउटै सर्त पूर्णत खोप लगाएको हुनुपर्ने बताएका हुन् । सरकारको यो निर्णयलाई पर्यटनसँग सम्बन्धित संघसंस्थाले स्वागत गरेका छन् ।…