मेलबर्न, अष्ट्रेलिया ।
दिदीबहिनी समाज भिक्टोरियाले मदर्स डे २०२३ को अवसर पारेर आफ्ना र समूदायका सदस्यहरु गरेर ५५ जना सम्मिलित रिट्रिट कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म भिक्टोरियाको क्षेत्रीय सहर वारम्बुलमा आयोजना गरिएको कार्यक्रम मुख्यत सहभागीहरुको व्यक्तिगत खुशीलाई केन्द्रमा राखेर सञ्चालन गरिएको थियो ।
आत्मसम्मानको अभिबृद्धि, आफ्नो स्वाभिमानको संरक्षण र आफ्नो ख्याल राखौं भन्ने भावनाका साथ भेला भएका ५५ जनाले खुशीभन्दा पर नामक यो कार्यक्रम सफल बनेको धारणा राखेको दिदी बहिनी समाज भिक्टोरियाका पदाधिकारीहरुले केविसीखबरलाई जानकारी दिएका छन् ।
मे महिनाको ५ र ६ तारिखमा आयोजित कार्यक्रममा दैनिक भागदौडबाट अलि टाढा शान्त रहेर आफ्नै खुशीका लागि जम्मा भएका दिदीबहिनीलाई नेपालबाट उत्प्रेरक वक्ता भानु शर्माले अनलाईनको माध्यमबाट प्रवचन दिएका थिए ।
प्रतिक्रिया